देश

माओवादी सांसद तामाङको अभिव्यक्तिप्रति नुवाकोट आदर्श क्याम्पस अध्यक्ष श्रेष्ठको गम्भीर आपत्ति

काठमाडौं । नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले माओवादी सांसद हितबहादुर तामाङले विद्यान विना नै क्याम्पस संचालन गरेको भनी संसदमा उठाएको विषयप्रति गम्भिर आपत्ति जनाएका छन् ।

क्याम्पस अध्यक्ष श्रेष्ठले एक विज्ञप्ती जारी गरी नुवाकोट आदर्श बहुमुखी क्याम्पस संचालनका विषयमा गहिरो अनुसन्धान र सम्बन्धित निकायसँग कुनै कुरा नबुझी हल्लाका भरमा सांसद जस्तो पदमा रहेको व्यक्तिले बोलेको विषय सतप्रतिसत भ्रामक रहेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद तामाङले सोमबारको प्रतिनिधिसभाको बैठकमा सो क्याम्पसका बारेमा सांसद पदको नै बेइजेत हुने गरी बोलेपछि क्याम्पस अध्यक्ष श्रेष्ठले मंगलबार एक विज्ञप्ती जारी गर्दै नियम र कानुन अनुसार क्याम्पस संचालनमा आएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ –०७७ अनुसार क्याम्पस सञ्चालक समितिको पदावधि ३ बर्षको हुने प्रावधान रहेकोले २०८१ माघ १९ गते मौजुदा क्याम्पस सञ्चालक समितिको पदावधि समाप्त भएकोले क्याम्पसको शंशोधित बिधान २०७७ बमोजिम २०८१ माघ १९ गतेबाट बिधिवत रुपमा नयाँ कार्यसमिति निर्वाचित भई क्याम्पसका गतिबिधिहरु अगाडी बढिरहेको छ ।यस्तै अध्यक्ष श्रेष्ठले सांसद तामाङलाई माननीय पदको गरिमा राख्न समेत सुझाव दिएका छन् ।

अध्यक्ष श्रेष्ठ जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *