देश

वनभित्रका काठ लिलाम गर्न कार्ययोजना बन्दै छ : वनमन्त्री ठकुरी

काठमाडौँ ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरू लिलाम गर्नका लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताएका छन्।

सोमवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वनभित्र रहेका काठहरू बजारमा ल्याउँदै उपभोक्तालाई सहज रुपमा उपलब्ध हुनेगरी प्रदेश मन्त्रालयहरूले काम गरिरहेको दावी गरे।

उनले वनभित्रको काठहरुको दिगोपन व्यवस्थापन गरी काठको आयातलाई निरुत्साहित गर्नेगरी काम गरिरहेको बताए। उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि समेत आवश्यक गृहकार्य भइरहेको पनि बताए।

उनले कार्बन व्यापार गर्नका लागि नियमावली संशोधन अन्तिम मस्यौदा तयारी अवस्थामा रहेको समेत बताए। उनले कार्बन व्यापारका लागि नीजि क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गरे।

उनले सामुदायिक वनको संरक्षणका लागि वन उपभोक्ता समूहहरुलाई आवश्यक सहयोग गरिरहेको समेत बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *