राजनीति

सरकार नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्दत छ : राप्रपा सांसद लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानुनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्दत रहेको आरोप लगाएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गरेका कुरा सरकारले सुन्न छोडेको बताए । उनले पारित भएर आएको कानुनबाटै सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताए ।

उनले भने ‘सरकार ध्यानाकर्षण गराएका कुराहरू सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानुनमा टेकेर हैन नियमावली हेरेर ऐन कानुन परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानुनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानुन निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट सुरु गरौं ?’

उनले सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *