देश

जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *