विश्व

प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने शक्ति कसैसँग छैन : राष्ट्रपति एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने शक्ति कसैसँग नरहेको बताएका छन् ।

एर्दोगानले तीन राष्ट्रको एशिया भ्रमणको लागि प्रस्थान गर्नुअघि इस्तानबुल अतातुर्क विमानस्थलमा पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।

गाजाजावासीहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निष्कासन गर्ने शक्ति कसैसँग नरहेको उनको भनाइ थियो । गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलम सबै प्यालेस्टिनीहरूको भएको बताए ।

ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको छ ।

धेरै देशहरूले प्यालेस्टिनीहरूलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने कुरालाई अस्वीकार गर्ने र दुई–राज्य समाधानको लागि समर्थन गर्ने आवाज उठाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *