देश

राष्ट्र र नागरिकप्रति जिम्मेवार प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत् दायरा पहिचान गरी सोहीअनुरूप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरूमा निष्ठापूर्वक वहन गरेको बताए । उनले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताए । नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यावसायिक र सेवामूलक बनाउनुपर्ने बताए । उनले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गरे ।

उनले भने ‘हरेक विषम परिस्थितिहरूमा राज्यका हरेक जिम्मेवारी निष्ठापूर्वक वहन गरेको इतिहास छ । आगामी दिनमा नेपालको संविधान र प्रचलित कानुनको रोहमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको वृहत् दायरा पहिचान गरी सोहीअनुरूप जिम्मेवारी तोकिनु आवश्यक छ । आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन् टड्कारो आवश्यकता हो । नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई केबल जवाफदेही, जिम्मेवारयुक्त, व्यावसायिक र सेवामूलक प्रहरी सेवाको अपेक्षा राख्दछ । राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो । यसले नागरिक हकको प्रत्याभूति निष्पक्ष र स्वच्छ कानुन कार्यान्वयन, अपराध अनुसन्धान गर्दै लोकतन्त्रको आधारभूत चरित्रलाई समाजमा स्थापित गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *