देश

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

काठमाडौं ।काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनैजना प्रतिवादीलाई समान एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, अभियुक्तहरूमध्ये दुईजना धरौटी बुझाएर रिहा भइसकेका छन् । धरौटी बुझाउन नसकेका एकजना अभियुक्त थुनामै छन् ।

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राई धरौटी बुझाएर रिहा भइसकेका छन् । तर, धरौटी रकम बुझाउन नसकेका हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशीलाई थुनामै पठाइएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *