
नारायगढ। चितवनको भरतपुरमा प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ सुरु भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका छन् ।
एक्स्पोमा ५२ वटा स्टल रहेका छन्। स्टलमा पशु पालनका क्षेत्रमा भित्रिएका आधुनिक प्रविधि, दूध र दूधजन्य पदार्थको प्रदर्शनी रहेको छ। सो अवसरमा बोल्दै मन्त्री अधिकारीले कृषि ऐन ल्याउने प्रकृया सुरु भएको बताए ।
उनले छिट्टै मन्त्री परिषदको बैठकमा निर्णय गराएर संसदमा ऐन लैजाने पनि जानकारी दिए । नेपालमा कृषि क्षेत्रमा २० अर्ब अनुदान किसानमा गएको पनि उनले जानकारी दिए ।