देश

बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी सोफिया पोखरामा

पोखरा ।बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् ।

नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

स्वागतपछि मेयरले भने, ‘पर्यटन राजधानी पोखरामा तपाईँहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौँ। तपाईँहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *