देश

नेपाललाई आईटी हब बनाउन आवश्यक कानुन निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले नेपाललाई आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति,कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आईटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए ।

उनले आईटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताए । उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गरे । उनले नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताए । उनले पर्यटनको कथा धेरै वर्ष भएपनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताए । उनले पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गरे ।

उनले भने ‘सरकारले नेपालको आफ्नै स्याटलाइट बनाउने भनेका छौं । नाष्ठका वैज्ञानिक भेट हुनु भएको थियो । नेपालका वैज्ञानिकहरूले बनाएको डिजाइन गरेको ५० किलो ग्रामको भारतको पनि सहयोगमा प्रक्षेपण गर्दैछौं भन्नुभयो । यो हाम्रो सुरुवात हो। काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ । यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास छ ।

सरकारले ल्याएको अध्यादेश प्रभाव बनाउँछ । नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने भयो । पर्यटनको कथा भनेको धेरै भयो तर सन्तोषजनक प्रगति गर्न सकेका छैनौँ । पूर्वाधारको धेरै अभाव देखिन्छ । बनाएको दुई वटा विमानस्थल चलाउन नसकेका छैनौँ । आईटी क्षेत्र भर्खर सुरु गरेका छौं । आईटी क्षेत्रलाई आईटी हपका रुपमा विकास गर्न आवश्यक नीति,कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ । तपाईँहरू मेहनत र हिम्मतका साथ काम गर्नुस् । नेपाललाई आइटी हपको रुपमा चिनाउनु पर्छ ।’

उनले सरकारले नेपालको आफ्नै स्याटलाइट बनाउने योजना बनाइरहेको बताए । उनले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासामा जानुपर्ने अवस्था नहुने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *