मुख्य समाचार

बंगलादेशको राजधानी ढाकामा फेरी मच्चियाे हिंसा

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा फेरी हिंसा मच्चिएको छ । आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो ।

बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका छन् ।

शेख हसीनाका आफन्त शेख सोहेल र शेख जेवेलका घरहरूमा पनि बुलडोजर लगाएर भत्काइएका स्थानीय मिडियाहरूले खबर लेखेका छन् ।

हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा घरसँग किन डराएको ? म बंगलादेशको जनताको लागि न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरिनँ ? फेरि यति धेरै अपमान किन ? एउटा घर भत्काउन सकिन्छ तर इतिहास मेट्न सकिन्न । मेरो पिताको घर भत्काउनेले याद राखून्- इतिहास बदलिन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *