देश

रविको मुद्दा : सरकारी वकिलहरुको थुनछेक बहस सकियो, प्रतिवादीको जारी

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको थुनछेक बहसमा वादी र जाहेरवालाको तर्फबाट बहस सकिएको छ । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गरेका छन्।

जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका छन् । वादी र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस जारी छ । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन्।

लामिछानेका तर्फबाट बहसको लागि तीन जना वरिष्ठ अधिवक्ता पन्त सहित १० जनाले वकालतनामा लिएका छन्। जसमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, जगन्नाथ पौडेल अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दीपकराज तिमिल्सिना रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *