खेलकुद

एनपीएलविरुद्ध परेको रिटमा क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध परेको रिटमा जिल्ला अदालत काठमाडौँले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जोरा स्पोर्ट्स इन्टरटेनमेन्ट प्रालिका संचालक आमिर अख्तरले क्यानले एनपीएल संचालनका लागि आफुसँग गरेको सम्झौता उलंघन गरेर आफैले एनपीएल आयोजना गरेको भन्दै रिट दायर गरेका थिए ।

क्यानविरुद्ध दायर भएको रिटमा बुधबार जिल्ला अदालत, काठमाडौँका न्यायाधिश दिनबन्धु बरालले क्यानको नाममा अल्पकालीन आदेश जारी गर्दै फागुन १ गते छलफलका लागि पेशी तोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *