सम-सामयिक

सभापति देउवा र यादवबीच भेटवार्ता, अध्यादेश पारित गराउन जसपा निर्णायक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

सरकारले संसद्‌मा पेश गरेका अध्यादेश पारित गराउन जसपा नेपाल निर्णायक देखिएपछि कांग्रेस सभापति देउवाले जसपा नेपालका अध्यक्ष यादवसँग छलफल अगाडी बढाएका छन् । दुवैबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भइरहेको हो । छलफलमा गृहमन्त्री रमेश लेखक र जसपा नेपालका तर्फबाट राजकिशोर यादव पनि सहभागी रहेका छन् ।

राष्ट्रिय सभाबाट अध्यादेश पारित हुन जसपा नेपाल निर्णायक रहेको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० सांसद छन् भने सत्तामा रहेको लोसपाको एक सांसद रहेका छन् । त्यस्तै जसपा नेपालका ३ सांसद रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *