देश

मानव बेचबिखनको आरोपमा खनाल पक्राउ

काठमाडौं । मानव बेचबिखन गरेको आरोपमा आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानब बेचबखिन अनुसन्धान ब्युरोको टोलीले सुदुरपश्चिम प्रद्येशको अछामका ताराप्रसाद खनाललाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी दीपेन्द्र जिसीले बताए । उनीमाथि एक जनालाई पोल्याण्डमा पठाएर बेचबिखन गरेको आरोप लागेको छ।

खनाल नेपाली कांग्रेसको अछाम जिल्लाको प्रदेश सभा क्षेत्रीय सभापति हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *