विश्व

जापानको होक्काइडोमा उच्च हिमपात

काठमाडौं । जापानको होक्काइडो क्षेत्रमा हालसम्मकै भीषण हिमपात भएको छ । तीव्र गतिमा विकसित भएको न्यून चापीय प्रणालीका कारण ओबिहिरो शहरमा १ दशमलव २ मिटर गहिराइसम्म हिउँ जमेको रेकर्ड गरिएको हो ।

मेमुरो र होनबेत्सुसहित अन्य क्षेत्रमा पनि अघिल्लो रेकर्ड तोड्ने स्तरको हिमपात मापन गरिएको छ । राष्ट्रिय प्रसारकका अनुसार अत्यधिक हिमपातका कारण होक्काइडोका ४४ नगरपालिका क्षेत्रहरूमा ३ सय ७९ सार्वजनिक प्राथमिक तथा जुनियर हाईस्कुलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले चेतावनी जारी गर्दै होन्शु टापुको जापान सागर तटीय क्षेत्रमा भारी हिमपात जारी रहने अनुमान गरेको छ । यसका कारण यातायात अवरुद्ध हुन सक्ने तथा हिमपहिरो र उच्च छालहरूको जोखिम बढ्ने सम्भावना रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *