देश

राष्ट्रपति पौडेलसँग बेलायती राजकुमार दम्पत्तीको भेट

काठमाडौँ ।बेलायती राजकुमार एडवार्ड र उनकी धर्मपत्नी सोफियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

उनीहरुले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनीहरु आज मात्रै काठमाडौँ आइपुगेका हुन्। एडवार्ड भारतबाट आएका हुन् भने सोफिया लण्डनबाट काठमाडौँ आएकी हुन्।

उनीहरु माघ २७ गते स्वदेश फर्किने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *