खेलकुद

नेपालको लगातार चौथो हार

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो ।

जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको हो ।

मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । कविता जोशीले २४ रन थपिन् ।

पूजा महतोले १८ रनको योगदान दिइन् भने रोमा थापाले १९ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सम्झाना खड्काले ५ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले ३ रन मात्रै जोड्न सकिन् ।

टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *