विश्व

वेस्ट बैङ्कमा आक्रमण हुँदा ५० जना प्यालेस्टाइनी लडाकुको मृत्यु

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पन्ध्र दिन अघि उत्तरी वेस्ट बैङ्कमा सुरू गरिएको आक्रमणमा हालसम्म ५० प्यालेस्टाइनी लडाकु मारिएको दाबी गरेको छ ।

जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आइडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आइडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।

आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकुलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’ को क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आइडीएफले जनाएको छ ।

अपरेसन २१ जनवरीमा शुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ । आइडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकूहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *