देश

अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न समिति नै बनाएर अध्ययन भइरहेको छः मन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर रहेको बताएका छन् । एन अटिजम केयर फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्ने सम्बन्धमा समिति नै बनाएर अध्ययन भइरहेको समेत बताए ।

उनले टिकापुरमा अटिजम भएका व्यक्तिहरुलाई राख्ने केन्द्र बनाउने तयारी भएको जानकारी दिए । अबको बजेटसम्म समितिको प्रतिवेदनमा विद्यालय खोल्ने, थेरापी खोल्ने र अटिजम भएका समूदायलाई सेवा प्रदान गर्नका आवश्यक काम गर्ने उनले बताए । मन्त्री पौडेलले अटिजम भएका बालबालिकाको सहयोगार्थ एन अटिजम केयर फाउन्डेसनले गरेको कामको प्रसंसासमेत गरे ।

एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको कन्सर्ट यहि फागुन १७ गते हयात होटलको आँगनमा हुनेछ । फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *