काठमाडौं । नेपाल क्रिकेट एसोसियसन क्यानले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गरेको छ ।
क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगरेर बिदाई गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिएका हुन् ।





