विश्व

अमेरिकी विमान दुर्घटना: अहिलेसम्म ३० जनाको शव निकालियो

काठमाडौँ । अमेरिकामा भएको विमान दुर्घटनास्थल पोटोम्याक नदीबाट ३० जनाको शव निकालिएको छ ।

बिबिसीका अनुसार अहिलेसम्म नदीबाट उद्धार टिमले ३० शव निकालेका छन् ।

६० यात्रु ४ चालक दलका सदस्य रहेको अमेरिकन एयरको विमान अवतरणको क्रममा आर्मीको हेलिकप्टरसँग ठोक्किएर नदीमा खसेको थियो । सामाजिक संजालमा पोष्ट गरिएको भिडियोमा अवतरण गर्नेक्रममा रहेको विमानमा हेलिकप्टर आएर ठोक्किएको र आकाशमै ठुलो आगो देखिएको थियो । आर्मीको हेलिकप्टरमा तीन सैनिक रहेको र सो हेलिकप्टर आफ्नो नियमित प्रशिक्षणमा रहेको रिपोर्टमा उल्लेख छ ।

अहिले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमानको राहत र उद्धार जारी रहेको र अहिलेसम्म कसैलाई जिवितै उद्धार गरिएको स्पष्ट भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *