काठमाडौँ । नेपाल शिक्षक महासंघले चरणबद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज (बिहीवार) महासंघले पत्रकार सम्मेलन गरेर मागविपरीत सरकारले काम गरिरहेको भन्दै दबाब दिन उक्त आन्दोलन कार्यक्रम घोषणा गरेको हो।
महासंघले माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गर्ने कार्यक्रममा उल्लेख छ।
यस्तै, स्थानीय तहमा माघ २५ गते सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिको संयोजनमा सबै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित सङ्घीय सांसदलाई सरकार र महासङ्घबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको उल्लेख छ।






