खेलकुद

महिला टी–२०आई : पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । त्रिकोणात्मक महिला टी–२०आई श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा आज भएको जितका लागि हारेर नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल २० रनले पराजित भएको हो ।

नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमै राकियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

सिरिजमा नेपाल सहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी छन् । नेपालले घरेलु भुमीमा दोस्रो पटक टि– २० आई सिरिज खेलेको हो ।

यसअघि नेपालले सन् २०२२ को मेमा युगान्डा सँग ५ खेलको टि–२० आई सिरिज खेलेको थियो । महिला टि–२० आई वरियतामा नेपाल २०औं तथा नेदरल्याण्ड्स १६ औं स्थानमा छ । थाइल्याण्ड १३ औं स्थानमा छ ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *