विश्व

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ ।

जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्च विरुद्ध यो अहिले सम्मकै सबै भन्दा ठूलो कदम हो । प्रशासनका एक वरिष्ठ अधिकारीले एन.बी.सी. न्यूजलाई बताए अनुसार यो प्याकेज बाट पाँच देखि १० प्रतिशत संघीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यस बाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ ।

ए.ए.फपी.ले कर्मचारी बाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मङ्गलबार देखि शुरु भएर फेब्रुअरी ६ सम्म लागु हुनेछ । ट्रम्पले कोभिड–१९ महामारी पछि धेरै वर्ष सम्म घर बाट काम गर्ने सुविधा पछि सबै संघीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिए सँगै यो कदम चालिएको हो ।

यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देश सँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेल मार्फत् प्रतिक्रिया मागिएको छ ।

सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ । ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलर भन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी) को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ ।

इमेलमा भनिएको छ,“सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबै भन्दा राम्रो जनशक्ति हुनुपर्छ । हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौं।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *