काठमाडौं । सत्ताबाट सडमा पुगेर सरकार ढल्ने र ढाल्ने रणनीतिका साथ समाज र सामाजिक संजालमा गलत सुचना प्रभाव गरी देश र समाजमा द्वन्द्व निम्त्याउने खेलमा लिप्त पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित यस्तो कटाक्ष गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले गलच सुचना सम्पे्रषण गरेरअस्थिरता मच्चाउन खोजेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सत्तामा जान नपाएर छट्पटाएका प्रचण्ड पछिल्लो समय सरकार ढल्ने भन्दै अर्थहिन कुरा गर्दै आएका छन् । तर सत्तारुढ दलहरुले कांग्रेस र एमालेको गठबन्धन सरकार २०८४ को निर्वाचनअघि नढल्न घाषणा समेत गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाउँदै गतल प्रचारले कसैको पनि हित नहुने उल्लेख गरे । पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस प्रधानमन्त्री ओलीले जानकारी गराए ।




