विश्व

अमेरिकी सिनेटद्वारा क्रिस्टी नोएमलाई गृह सुरक्षा सचिवको जिम्मेवारी

अमेरिकी सिनेटले दक्षिण डकोटाकी गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी दिएको छ ।

माथिल्लो सदनले ५९–३४ को मतले ट्रम्पको छनोटलाई अनुमोदन गरेको हो ।

उहाँ ट्रम्पको मन्त्रिपरिषद्मा सामेल हुने चौथो व्यक्ति हुन् ।

सिनेटमा हाल रिपब्लिकनहरूको ५३–४७ बहुमत छ । राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *