काठमाडौं । खोटाङको दिप्रूङ चुईचुम्मा गाउँपालिका वडा न. ६ सेम्माका अनुमानित ३० वर्षीय सिजन राईले विवाहको लगन नजिकै आइरहेको बेला आत्माहत्या गरेका छन् । शुक्रबार अनुमानित बिहान १०/११ बजे विवाहको किनमेलका लागि सदरमुकाम दिक्तेल जाने भनि गाउँकै साथि भाइहरुसँग मोटरसाइकलको व्यावस्थापन गरी खाना खाने समयदेखि सम्पर्कबिहीन बनेका राईको खोजीकार्य गर्दा शनिबार (माघ १२ गते) बिहान अनुमानित आठ\नौँ बजे मृत अवस्थामा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयवासीले बताएका छन् ।
सो घटना घटेको थाहा पाएपछि स्थानीयवासीहरुले इलाका प्रहरी कार्यालय छितोपोखरी र इलाका प्रहरी कार्यालय खोटाङ बजारलाई खबर गरेका थिए । उक्त सुचना पाएपछि इलाका प्रहरी कार्यालय खोटाङ बजारका इन्सिपेक्टर मोहन बोहरासहितको टिम र इलाका प्रहरी कार्यालय छितापोखरीको टिमले सो घटनाको निरिक्षण गरेको थियो । निरक्षणको क्रममा घरबाट अनुमानीत तीन सय मिटर टाढाको दुरीमा घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालय खोटाङ बजारका इन्सिपेक्टर मोहन बोहराले जानकारी दिए । तर आत्मा हत्या गर्नुको कारण भने खुल्न सकेको छैन् । साे घटना रहस्यमय भएको बुझिएको छ ।
उनका अनुसार झुन्डिएको अवस्थामा भेटिएका मृतक राईले सामान्य जमिनमा खुट्टा टेकेका थिए । उनले भने, पासो तन्किएर त्यो भएको हुन सक्छ , अहिलेसम्म उनका परिवारले कसैले त्यस्तो संका गरेर केही भनेका छैनन् , हामिले पोसमार्टम गरेर मृतक शव परिवारको जिम्मा लगाएका छौँ ।’ मृतक राईले आत्मा हत्या गर्नुभन्दा पहिला लेखेर छोडेको लगभग तीन /चार पेज लामो सुसाइड नोट र एक थान मोबाइल अनुसन्धानका क्रममा बरामद गरिएको इलाका प्रहरी कार्यालय खोटाङ् बजारका इनिस्पेक्टर मोहन बोहराले बताए । उनले सुसाइड नोटमा लेखिएको कुरा भने बताउन चाहेनन् । उनले भने,‘ हामिले मृतकका परिवारलाई सो नोट अनुसन्धान गरेर फोटोकपी दिन्छौँ , उनीहरुसँगबाट नै नोटमा लेखिएको कुरा बुझ्नु ।’ उनका भाई विज्ञान राईले युकेबाट सामाजिक संचालमा मृतक दाईको बारेमा दुःख पोख्दै यस्तो लेखेका छन्:

प्रहरीका अनुसार मृतक राईको विवाहको मिति घोषणा भइसकेको थियो । विवाहको दिन निकै नजिक आइसकेको थियो । सो घटनाका बारेमा कुनै परिवारमा संका नदेखिएको र पोष्टमार्टम गरेर उनको दाहसँस्कार गरिएको दिप्रूङ चुईचुम्मा गाउँपालिका वडा न. ६ छितापोखरीका वडाध्यक्ष मिलन राईले बताए । केही स्थानीय वासिन्दाहरुले सो घटनालाई रहस्यमय भएको समेत बताएका छन् । कुनै पनि घटना विनाकारण घट्दैनन् , मृतकका परिवार, नागरिक समाजले घटना घट्नुका कारण समेत खोजी गरि सो विषयमा आवश्यक अनुसन्धान अघि बढाउनु आवश्यक छ ।
यस्तै सोही वडामा जन्मिएका हाल युके प्रहरीमा निकै माथिल्लो दर्जामा कार्यरत किवाहङ राईले सामाजिक संजालमा एक सन्देश टेक्स गर्दै सो विषय रहस्यमय भएको उल्लेख गरेका छन् । उनले त्यो मात्र लेखेका छैनन् ,सो विषय अनुसन्धानका लागि सम्बन्धित निकायसम्म पठाइएको समेत उल्लेख गरेका छन् । उनले आफू टाढा भएपनि समाजमा घट्ने विभिन्न किसिमका अपराध नघटुन् र पीडितले न्याय पाउन् भन्ने चाहान्छन् ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :

बारम्बार यस्ता घटनाहरु दोहोरिन नदिन स्थानीय सरकार र विभिन्न संघ संस्थाले सचेतना अपनाउन आवश्यक छ । लगभग दुई महिनाको अवधिमा सोही वडामा दुई वटा त्यस्ता घटना घटेका छन् । सो विषय सामान्य भने होइन् ।
२०७२ सालकाे भुुुकम्पमा परी काठमाडौंकाे धरहाराले पुरिएपछि खाेजतलास गर्दा मृतक राई दुई दिनपछि जिवितै फेेला परेका थिए ।




