देश

चितवन बारमा लामो समयपछि महिला अध्यक्षमा फुलमाया रानाभाट चयन

काठमाडौं । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छिन् । चितवन बारको सदस्यहरूमध्ये पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट हाल अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न अधिवेशनमा आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरे । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी संघबाट निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएका छन् । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरे । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएका छन् ।

कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *