
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति रहेको बताएका छन् ।
४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवद्र्धनका लागि जैविकm प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौति रहेको बताए ।
उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धन जरुरी रहेको बताए । नदीको प्राकृतिक वहावमा अतिक्रमण गर्न नहुने बताए ।
पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकुल वातावरण छ, भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताए । पर्यटकहरु देशको समृद्धिको वाहक भएको उनी बताउँछन् ।
पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए । उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरु गरेको बताए ।
प्रहरी पर्यटकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सिमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।