देश

बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, चार जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–१ माँडौमा आज (शनिबार) बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।

सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन् । गम्भीर घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ५ बजे जीप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक बलराम पाण्डेले जनाएका छन् । जीपमा चालकसहित आठ जना सवार रहेको थिए । चालक फरार छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *