
काभ्रेपलाञ्चोक । शुक्रबार राति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घर समेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उद्योग बाट शुरू भएको आगो बाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्ता पाताको टहरो समेत जलेका छन् । उक्त आगलागी पाँच वटा दमकलको सहायता बाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
आगलागी बाट उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन बाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ ।