देश

धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ, एक गाग्री पानीले धरानवासीको माग सम्बोधन हुँदैनः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताए ।

धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताए ।

उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनु लगाए । उनले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताए ।

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *