देश

काभ्रेपलाञ्चोक आगलागी नियन्त्रण नभएसम्म यात्रा नगर्न गाउँपालिकाको आग्रह

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिर क्षेत्र आसपास यात्रा नगर्न आग्रह गरेको छ । केही दिन अघिदेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि गाउँपालिकाले खानीखोला गाउँपालिका र बेथानचोकको सिमानामा पर्ने थामको लेक क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको हो ।

गाउँपालिकाले विज्ञप्ति एक जारी गर्दै आगलागी नियन्त्रण नभएसम्म नारायणस्थान मन्दिरलगायत वडा नम्बर १, २, ३ र ५ का केही क्षेत्रमा यात्रा नगर्न सूचित आग्रह गरेको हो ।

‘यस बेथानचोक गाउँपालिकास्थित पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं. १ २, ३ र ५ का केही क्षेत्रमा समेत जोखिममा रहेको हुँदा उक्त आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलगायत कोही पनि सर्वसाधारणहरु नजान साथै उच्च सावधानी समेत अपनाउन अनुरोध छ, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *