
काठमाडौं । एकिकृत समाजवादी पाटीमा विशिष्ट पद पाउने अध्यक्ष नेपालको आवश्वासनमा नेकपा एमालेबाट राजीनामा दिएका नेकपा एमालेका वामपन्थी नेता वामदेव गौतम अहिले दोबाटोमा अल्लमल्ल परेका छन् । एमालेबाट राजीनामा दिएपछि एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले चाहेको पद दिने भन्दै आश्वासन दिएपछि गौतम मख्ख परेका थिए । तर पछि एकिकृत समाजवादी मोर्चाबन्दीको विषय क्लोज भएपछि गौतमको एकिकृत समाजवादीमा बरिष्ट पद लिने सपना टुट्यो ।
त्यपछि नेकपा एमालेमै फर्कन चाहेका गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको पद दिने भन्दै आवश्वासन दिए । सोही अनुसार गौतम नेकपा एमालेका शीर्ष नेताहरुसँग नजिक भए । तर नेकपा एमालेले तत्काल नेकपा एमालेमा गौतमलाई नभित्र्याउने कुरा उठेको छ ।
नेकपा एमालले गौतमलाई त्तत्काल पाटीमा नल्याएर केही समयपछि तोकेको पदमा नियुक्ति गर्ने रणनीति लिएको स्रोतले जनाएको छ । विगतमा नेकपा एमाले पार्टीभित्र ठूलो योगदान गरेका गौतमले पार्टीले अवसर नदिएको भन्दै पदबाट राजीनामा दिए । तर केही समय नबित्दै गौतमलाई नेकपा एमालले आमन्त्रण गरियो । तर नेकपा एमालेले पनि त्तत्काल निर्णय नगर्ने जनाएपछि पूर्व एमाले नेता गौतम दोबाटोमैँ हराएका छन् ।
यस्तै गौतमलाई पार्टीको कारबाहीमा परेकी पार्टीकी नेत्री उषाकिरण तिम्सेनाले एमालेमा नर्फकन सुझाव दिएकी छिन् ।उनले गौतमलाई राजनीति छोडेर नीजि जिवन बाँच्न समेत सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छन्, ‘कमरेड वामदेव गौतमलाई नमागेको एउटा सुझावः सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्ने र बुढेसकालतिर ढल्केको जिन्दगीलाई आफ्नै मर्जीमा चलाउने ।’
एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टीबाट बाहिरिएपछि उनले राष्ट्रिय एकता अभियानु चलाउँदै आएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले केही रणनीति भएको संकेत गर्दै अहिले एमालेमा नियुक्ती नगर्ने बताउँदै आएका छन् । केही दिन अघि बसेको एमाले सचिवालय बैठकले गौतमलाई पार्टीमा नल्याउने निर्णय गरेपछि गौतम अहिले दोबाटोमा हराएका यात्री जस्तै भएका छन् । राष्ट्रिय एकता अभियान छोडेकाले वामदेव अलपत्रमा परेको समेत एमालेका केही नेताहरुले बताउँदै आएका छन् ।