शिक्षा / स्वास्थ्य

कृषि विश्वविद्यालयमा तीन डीन नियुक्त

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्रा.डा. भूमिनन्द देवकोटा र वन संकायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका हुन् ।

परिषद्ले प्रा.डा. निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *