
बैंकक। थाइल्याण्डमा सयौं समलिङ्गी जोडीहरू विवाह बन्धनमा बाँधिएका छन ।
समलिङ्गी विवाह समानतालाई मान्यता दिने दक्षिणपूर्वी एसियाकै पहिलो देश थाइल्याण्डमा सयौं जोडी एकैपटक बिबाह बन्धनमा बाधिन लागेका हुन् । यसअघि एसियाली देशमा नेपाल र ताईवानले मात्र समलिङ्गी बिबाहलाई सरकारी मान्यता दिएका थिए ।
एलजिबिटी समुदायको लागि एक महत्त्वपूर्ण दिनको रूपमा लिइएको छ, जसले विषमलिङ्गी जोडीहरूको समान विवाह अधिकारको लागि एक दशकभन्दा बढी समय देखि लडिरहेको थियो ।
‘यो संसारको लागि एक नमूना हुन सक्छ किनभने हामीसँग अब थाइल्याण्ड एक मोडेलको रूपमा छ र यो ढुक्कले हामी पनि भन्न सक्छौं कि थाइल्याण्डमा साँचो वैवाहिक समानता छ,”थाइल्याण्डको रेन्बो स्काई एसोसिएसनका अध्यक्ष किटिनुन दारामधजले भनिन । उनी लामो समय देखी समलिङ्गी बिबाह समानताको लागि अभियान चलाउने धेरै मध्ये एक नेतृत्वकर्ता हुन् ।
थाइल्यान्डको संसदले पारित गरेको र गत वर्ष राजाद्वारा अनुमोदित कानून अन्तर्गत समलिङ्गी जोडीहरूले पूर्ण कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्ने अधिकार दिईएको थियो ।
प्रधानमन्त्री पातोङ्गटार्न सिनावात्राले गत हप्ता एक कार्यक्रममा देशको सफलताको प्रशंसा गरे, जब उनले दर्जनौं एलजिबिटी जोडी र त्यसका लागि लडिरहेका सामाजिक कार्यकर्ताहरूलाई सरकारी कार्यालयहरूमा आमन्त्रित गरेका थिए ।
‘यसले देखाउँछ कि थाइल्याण्ड विविधतालाई अँगाल्न र यसको सबै रूपहरूमा प्रेम स्वीकार गर्न तयार छ। आज हाम्रो देश खुला र स्वीकार्य छ भन्ने देखाउँछ,’ उनले भनिन् ।
बिहीबार देशका अन्य भागहरूमा पूर्वी तटीय शहर पटायादेखि पहाडी उत्तरी सहर चियाङ माईसम्म सो सामूहिक उत्सव मनाइने भएको छ, जो सो समुदायले खुसी ब्यक्त गरेको छ । सामूहिक बिबाहका लागि अन्य देशवाट पनि जोडीहरू आएको बताईएको छ ।
डाउनटाउन बैंककमा, कम्तिमा दुइ सय जोडीहरूले एक लोकप्रिय शपिंग मलमा सामूहिक विवाहमा विवाह गर्न साइन अप गरेका छन् । बैंकक प्राइडका अनुसार जसले स्थानीय अधिकारीहरूसँग कार्यक्रमको आयोजना गरेको थियो । इंद्र धनुष झण्डाहरू बैंककको मुटुमा लहरिने अपेक्षा गरिएको छ, नवविवाहित जोडीलाई स्वागत गर्नको लागि उत्सवमा रातो कार्पेट बिछ्याइने छ, जहाँ सेलिब्रेटीहरू र ड्र्याग क्वीन्सले प्रदर्शनसमेत गर्नेछन् ।