देश

कञ्चनपुरमा प्रहरी जवानले फेरी चलाए आफैंमाथि गोली

काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले फेरी आफैंमाथि गोली चलाएका छन् । महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवानले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् ।

डिउटीमा रहेका प्रहरी जवान वकिल विष्टले साँझ सवा ८ बजेतिर एसएलआरले आफैँमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए । दाइने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यहाँ केही समयअघि प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *