मुख्य समाचार

राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेनः उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताएका छन् ।

बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताए ।

उनले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । ‘राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले गर्दा अवस्था परिवर्तन गर्न सकेनौँ । व्यवस्था बदलने, अवस्था नबदल्ने पनि हामी आफैँ भन्छौँ नि,’ उनले भने, ‘ऋण लिने अनि ऋणको सही ढंगबाट सदुपयोग नगर्ने हामी नै हौँ । हामीले प्रशस्त ऋणको भारी बोकिसक्यौँ ।’

उपसभापति गुरुङले पोखरा—मुग्लिङ सडक फोर लेन र मुग्लिङ—काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताए ।

उनले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताए । ‘अहिले वास्तवमा नेपालको राजनीतिमा एउटा कुनामा सरकार ढल्छ, ढल्छ, ढल्छ भनेर समाचार बनिरहने र अर्को कुनाबाट त्यसको प्रतिउत्तरका लागि सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भन्ने समाचारहरु मात्रै सुन्नुपर्ने, पढ्नुपर्ने अवस्थामा कमसेकम आज नयाँ ढंगको कुरा सुन्न पाइयो’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *