सम-सामयिक

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (ररास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बुधवार लामिछानेको बयान सकिएको अदालतका सुचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

लामिछानेको बयान सकिएपछि थुनछेक बहस भने आज नहुने भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *