देश

रुपन्देही उडे दिनेश त्रिपाठी, रवि लामिछानेको विपक्षमा बहस गर्न

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने भएका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान तथा थुनछेक बहस हुँदैछ ।

जसका लागि, सभापति लामिछाने हिजै रुपन्देही पुगिसकेका छन् । सभापति लामिछानेको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले आज पनि सभापति लामिछानेको विपक्षमा बहस गर्नेछन् । यसअघि काठमाडौं जिल्ला अदालतमा लामिछानेको विपक्षमा बहस गर्दा उनीमाथि आक्रमण भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *