देश

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ । कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै साता देखि सञ्चालन भएको छ ।

पुल सञ्चालन भए सँगै दक्षिण बागलुङ बाट प्रदेश राजधानी पोखरा सहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको हो ।

पुल बाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए ।

पुल बाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *