विश्व

जापानमा माइकोप्लाज्मा निमोनियाका सङ्क्रमणमा वृद्धि

जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको छ ।

माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ ।

यसैबीच, रुघाखोकीजस्ता लक्षण देखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ ।

गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत ०.९४ केस रिपोर्ट गरेका छन् ।

इन्फ्लुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्त्वमा जोड दिनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *