
काठमाडौँ । ५ औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ ।
मंगलवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म सम्मेलन हुने बताइएको छ । नेपाल बार एशोसिएशनको आयोजनामा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।
अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलनमा ल एसियाका सदस्य तथा गैर–सदस्यहरू समेत गरी ३६ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बताए । ‘मानव अधिकारको सहनशीलतास् प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने मूल विषयवस्तुमा सम्मेलन केन्द्रित रहने बताए ।
उनले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हुने बताए ।