विश्व

युक्रेन युद्धबारे नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न तयार छु : पुटिन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन संकटमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । पुटिनले देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिले युक्रेन संकटको सम्भावित समाधानमा थप द्वन्द्वको लागि सेनाहरूलाई पुनः समूहवद्ध गर्न अस्थायी युद्धविराम समावेश हुनु नहुने बताए ।

तर यस क्षेत्रका सबै देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति प्राप्त गर्नुपर्ने बताएका छन् ।

रूसी नेताले मस्कोले कहिल्यै वार्तालाई अस्वीकार नगरेको बताए । कुनैपनि अमेरिकी प्रशासनसँग सहयोग गर्न सधैं खुला रहेको बताए । यसैबीच, पुटिनले ट्रम्पलाई शपथग्रहणको बधाई दिए ।

बैठकको क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न मस्को तयार रहेको पुष्टि गरे ।

रुसको विदेश मन्त्रालयले टोकियोले आफ्नो अमित्रतापूर्ण नीतिहरू त्याग्न ठोस कदम चालेमा मस्को जापानसँग वार्ता पुनः शुरु गर्न तयार हुने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *