कोशी प्रदेश

कोसीका पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिन गरेको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ ।

कोशी प्रदेश सरकारको २०८१ असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्री थापालाई एउटा हलुका सवारीसाधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस पछिगत पुस २१ गते सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले रिट दायर गरेका थिए ।

सोमबार सो निर्णय कार्यान्वनमा नल्याउन उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै उक्त सुविधा नदिन आदेश दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *