देश

बैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०\८१ को तुलनामा चालु आव २०८१\८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संखया १६ दशमलब ७२ प्रतिशतले बढेको हो ।

गत आवको सो अवधिमा तीन लाख ३६ हजार ६ सय ६४ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा तीन लाख ९२ हजार ९६० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन संख्या गत आवको तुलनामा चालु आवमा ५६ हजार २ सय ९६ जनाले बढी हो ।

पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने धेरै भएकाले पनि विगतको तुलनामा संख्या बढेको हो । मलेसिया जाने नेपाली श्रमिक घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स युएई, कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

चालु आवको छ महिनामा सबैभन्दा बढी ८४ हजार २ सय २७ जनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा कम असोजमा ५३ हजार ४ सय २५ जनाले श्रम स्वीकृति लिएका छन । यसैबिच अध्यागमन विभागले विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई विमानस्थलबाटै फर्काएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *