
काठमाडौं । आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा आज नेपाल र स्कटल्यान्ड भिड्दै छन् । मलेसियामा क्रिकेट ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको छ । योसँगै स्कटल्यान्डको महिला टोली पहिले फिल्डिङ गर्न मैदानमा उत्रँदै छ ।
खेल नेपाली समय अनुसार १२ः१५ बाट सुरू हुनेछ । आफ्नो पहिलो खेलमा पराजित दुवै टोली आज पुनरागमनको प्रयासमा हुनेछन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । स्कटल्यान्ड भने अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।