
काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डे छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई टोखाबाट पक्राउ गरिएको हो पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान अघि बढाइएको छ ।