
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा रहने भएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका जोहीको बयान नसकिएपछि अदालतले उनलाई हिरासतमा राख्न आदेश दिएको हो ।
थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ । थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने उच्च प्रहरी स्रोतले जनाएको छ।